काठमाडौ। आफ्नो पूर्व पति जिल्ला न्यायाधीश भुवन गिरीबाट बलात्कृत भएको भन्दै लामो समयदेखि सडक संघर्ष र आमरण अनशन समेत बस्दै आएकी आरती गिरी ले न्याय पाएकी छन् ।
वैवाहिक बलात्कार आरोपित पति पूर्व न्यायाधीश भुवन गिरीबाट बलात्कार भएको भन्दै सडकमा न्यायको लागि बसिरहेकी आरती रावल गिरीको मुद्दामा आज काठमाडौ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भूसालको एकल इजलासमा भएकाे सुनुवाईमा गिरी दाेषी ठहर भएका हुन् ।
आजको सुनुवाइमा पीडितको तर्फबाट कीर्तिनाथ शर्मा सरकारी वकिल सुरबहादुर परियार, सहन्यायाधिवक्ता श्रीराम खनाल, जिल्ला न्यायाधिवक्तालगायत कानुन व्यवसायी हरुले बहस गरेका थिए।
बहसपछि इजलासले निलम्बित जिल्ला न्यायाधीश गिरीलाई बैबाहिक बलात्कारको मुद्दामा दोषी ठहर गरेको र आउदो जेठ २८ गते सजाय निर्धारण गरिने अदालत स्राेतले जनाएकाे छ।
प्रतिक्रिया