Logo

अन्तर्राष्ट्रिय

सलमानको फिल्म सिकंदरमा भिलेन बन्दै ‘कटप्पा’



काठमाडौं । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता ‘कटप्पा’ अर्थात सत्यराज भिलेन बन्ने भएका छन् ।

साउथका चर्चित अभिनेता सत्यराज सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।

अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकंदर’ मा कास्ट गरिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो सलमान स्टारर फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए ।

मे ९ मा निर्माताहरूले फिल्मसँग सम्बन्धित अर्को घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ बुधबार  १० : ५९ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।