काठमाडाैं । नेपाली फिल्म ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माको यो पहिलो एक्सन फिल्म हो । फिल्ममा कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको छ ।
फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन् । देव मगर र अनुप गडाल निर्माता छन् । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन रहेका छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले टिजर र एक्सन सिक्वेन्सको तस्वीर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएकोमा गुनासो गरिन् ।
‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।
चलचित्र आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया