Logo

मनोरञ्जन

सुशील श्रेष्ठको फिल्म ‘आउट ल’ संबिधान दिवसमा प्रदर्शन हुने



काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्म ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिन फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

यो फिल्मको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बुझिएको छ । पोस्टरले सुशील सेनाको भूमिकामा भएको संकेत गर्दछ । फिल्मलाई विक्की महर्जनले निर्देशन गर्दै छन् ।

निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-

निर्मातामा छन् । नविन गुरुङको छायांकन रहेको फिल्ममा ‘ट्रेलर मास्टर’ साहिल खानको सम्पादन छ भने चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०८१ शुक्रबार  ८ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।