काठमाडाैं । फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले टालेको छ । सोमबार बिहानै कार्यालयले न्यूरोडमा काटिएको सडकको भाग टालेको हो ।
भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले सडक टाल्न थालेकाे हो । जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो ।
‘काटेको सडक टाल्नका लागि पत्र पठाएपछि महानगरपालिका सम्बद्ध व्यक्तिहरू अनौपचारिक छलफलमा आउनुभएको थियो । उहाँहरूले अरू कुरामा समन्वय गरेर जाने तर फुटपाथ विस्तारका लागि न्यूरोडमा काटिसकेको सडक टाल्न सक्दैनौं भन्नुभयो,’ डिभिजन सडक काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले भने ।
यसअघि सडक डिभिजन कार्यालयले काटिसकेको सडक २ दिनभित्र नटाले कारबाही गर्ने चेतावनी समेत दिएको थियो।
तस्बिरहरू:

































प्रतिक्रिया