Logo

प्रमुख समाचार

बाल मन्दिर जग्गा प्रकरण : बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ



काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ छन् ।

श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेको हो । सीआईबीका एक अनुसन्धान अधिकारीकाअनुसार श्रेष्ठलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।

बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगेको आरोपमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार  ३ : १० बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।