काठमाडौं । पेट्रोलियम ढुवानी गर्ने मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण काठमाडौंमा पेट्रोलको अभाव भएकाे छ ।
आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले कार्यालय नै बन्द गरेर बसेका छन् । खुलेका सरकारी पेट्राेल पम्पमा पनि उपभाेक्ताकाे भीड लागेकाे छ । केही ठाउँमा पेट्रोलियम पदार्थ सकिएर उपभाेक्ता अलपत्र परेका छन् ।
नेपाली सेनाले चलाएकाे भद्रकालीको पम्पमा बिहानैदेखि उपभाेक्ताकाे भीड बढेपछि इन्धन सकिएपछि उपभाेक्ता बिचल्लीमा परेका हुन् ।
नेपाल आयल निगमकाअनुसार शनिबारदेखि नै ट्यांकर चालकले आफूहरुलाई पनि कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने, सामाजिक सुरक्षा काेषमा आवद्ध गराउनुपर्ने, पेट्राेल ल्याउँदा कमी देखिए लगाउने गरेकाे चर्काे जरिवाना हटाउनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् । उनीहरुले माग पूरा नभएसम्म पेट्राेलिय इन्धन बाेकेका गाडी नचलाउने जिकिर गरेका कारण यस्ताे समस्या आएकाे हाे ।
ट्यांकर चालक संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर बिराेध जनाएकाे थियाे भने आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गरेकाे हाे ।
तस्बिरहरु :





























प्रतिक्रिया