Logo

प्रमुख समाचार

शिक्षा मन्त्रीका १०० दिन, प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)



काठमाडाैं । शिक्षा मन्त्री सुमना श्रेष्ठले आफ्नाे सय दिनकाे कार्यकालमा गरेका काम सार्वजनिक गरेकी छिन् ।

गत फागुन २३ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा नियुक्त भएकी श्रेष्ठले शिक्षाकाे क्षेत्रमा केही महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएकाे थियाे । पदबहालीकाे समयमा र त्यसअघि पनि संसदमा विभिन्न समस्या र तीनकाे समाधानका विषयमा समेत अध्ययन गरेर विषयबस्तुबारे धारणा दिने मन्त्री श्रेष्ठले सय दिनकाे कार्यकालमा भने अपेक्षित काम गर्न सकेकाे देखिएन् ।

सय दिनकाे कार्यकालमा उनले सबैभन्दा ठूलाे कामकाे रुपमा ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ सार्वजनिक गरेकाे उल्लेख गरेकी छिन् । यद्यपी याे जाँचबुझ आयाेगले अध्ययन गर्ने र कारबाहीकाे फिसारिसका लागि फेरि काम गर्नुपर्ने हुन्छ ।

उनले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । यस विषयमा उनले मन्त्री पद सम्हाल्दादेखि नै शिक्षा क्षेत्रमा राजनीतिक नेतृत्व राख्न नहुने धारणा व्यक्त गरेकी थिइन् ।

विश्वविद्यालयकाे तीब्र सुधार गर्ने उद्घाेष गरेकी श्रेष्ठले त्यसमा काम गर्न नसकेकाे विषयमा भने आफ्नाे बचाउ गरिन् ।

उनले विश्वविद्यालय स्वायत्त संस्था भएकाले त्यसकाे काममा धेरे हस्तक्षेप गर्न नहुने तर्क गरिन् । यद्यपी उनले परीक्षाफल चाँडाे (तीन महिनाभित्र) सार्वजनिक गर्ने, विश्वविद्यालय र सम्बद्ध क्याम्पसमा विद्यार्थी राजनीतिकाे अन्त्य गर्ने, त्रिविका पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डाकाे अन्त्य गर्ने लगायतका विषयमा पदबहाली र त्यसभन्दा अगाडि नै राख्ने गरेकी थिइन् ।

पदबहालीका अवसरमा नै मन्त्री श्रेष्ठले युवा उच्च शिक्षाका लागि किन विदेश जान्छन् भन्ने विषयमा सर्वेक्षण गरी नीतिगत निर्णय लिने बताएकी थिइन्। तर याे काममा पनि मन्त्रीले केही गर्न सकेकाे देखिँदैन् । मन्त्री श्रेष्ठले संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० लाई प्रदेशमा छलफलमा लैजाने समितिको निर्णयलाई सहजीकरण गर्ने पनि बताएकी थिइन् । तर सो विधेयक कता हराएकाे हाे भन्ने विषय कतै सार्वजनिक छैन् ।

शिक्षकहरुकाे सरूवाका विषयमा मन्त्री श्रेष्ठकाे नेतृत्वमा गरेकाे काममा विभिन्न संघ संगठन र शिक्षकहरूले साथै स्थानीय तहहरूले नै लागू नगर्ने बताउँदै आएका छन् । शिक्षा मन्त्री श्रेष्ठले स्थानीय तहसँग समन्वय नगरी यस विषयमा काम गरेकाले याे कार्यान्वयन गराउन कठिन देखिएकाे छ ।

परीक्षाफल समयमै सार्वजनिक गर्ने मन्त्रीकाे उद्घाेष पनि अहिलेसम्म लागू हुन सकेकाे छैन् । त्यसैले उनका महत्वकांक्षी कामहरू खासै उपलब्धिमुलक हुन सकेका छैनन् ।

मन्त्री श्रेष्ठले सय दिनकाे कार्यकालमा गरेका कामहरू :

 

प्रकाशित मिति : असार ४, २०८१ मंगलबार  ५ : ५४ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।