Logo

अर्थ

राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध



काठमाडौं  । अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।

मङ्गलवार काठमाडौंको मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्।

हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए। उनले हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे।

अध्यक्ष राठीले ‘राठीकोल’ एढेसिभ उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए। “आज यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौँ बिक्रेताहरूले बेचिरहेका छन्। विगत ३५ वर्षदेखि निरन्तर प्रयोग हुनु भनेको सानो कुरा होइन। विदेशी कम्पनीहरूको उत्पादनले लिएको बजारको प्रतिस्पर्धामा हामीले राठीकोललाई स्थापित गर्न सक्षम भएका छौँ,” उनले भने, “राजेश हमाल पनि जसरी दशकौँदेखि नेपाली चलचित्रमा पहिलो नम्बरको अभिनेता हुनुहुन्छ। उहाँ पनि एक नम्बर, हामी पनि एक नम्बर। हाम्रो काम नै जोड्ने हो। उहाँलाई हामीले हमालजीलाई यो ब्रान्डसँग जोडेर यसबारेमा थाहा नपाउनुभएका आम मानिसहरूलाई पनि जानकारी दिन उहाँलाई एम्बासडर बनाएका छौँ।” उनले राठीकोल नेपालको हिमाल देखि तराईका सबै मौसमहरु र जुनसुकै तापक्रममा उपयुक्त हुने जानकारी दिए।

अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेसनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए ।

उनले कैयौँ विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए । उनले भने, “निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ ।”

राठीकोलका सीईओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए ।

१३० वर्ष पुरानो इतिहास रहेको राठी ग्रुपले स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोल उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ११:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।