Logo

मनोरञ्जन

गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट



काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । आफूहरूले इन्गेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

‘सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्, ‘वी आर इङगेज्ड ! आई लभ यू’ भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन् । उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् । केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो ।

उनीहरुले केही चर्चित गीत सँगै गाएका पनि छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १३:०२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।