काठमाडाैं । पर्बतको जिल्ला अस्पतालमा बिरामी कुरुवाहरुले अस्पतालमा बस्दा भोग्नु परेका कठिनाईलाई सहज बनाउन साधन श्रोत जुटाएर भौतिक सुबिधा उपलब्ध गराउने अभिप्रायले बेल्जियममा च्यारिटी डिनर एबम सांस्कृतिक सांझ हुने भएकोछ ।
अन्तर्राष्ट्रिय पर्बत समाजले युरोपमा बसोबास भएका पर्बतेहरुलाई बेल्जियममा भेला गराएर कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा विश्वका अन्य देशबाट पनि पर्बतबासी र अन्य गैरआवासीय नेपालीहरु सहभागी हुने आयोजक संस्था अन्तर्राष्ट्रिय पर्बत समाजका अध्यक्ष गुणराज शर्माले जानकारी दिए ।
पर्बत समाज बेल्जियमले ब्यवस्थापन गर्ने कार्यक्रम २४ जुन २०२४ मा लुभेनमा हुनेछ । जसको तयारी धमाधम भैरहेको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको नेपाल संयोजक मुना भुषालको नेतृत्वमा पर्वतमा कोभिडको बेला स्वास्थ्य सामाग्री वितरण, आगलागी पीडितहरुलाई राहत, रक्तदान कार्यक्रम, स्वास्थ्य भेला लगायतका विषयमा विभिन्न रचनात्मक कार्यक्रमहरु भैरहेका छन् ।
नेपाली स्वादिष्ट खाना साथै लोकप्रिय लोकगायक बिष्णु खत्री एवं लोकगायिका सूमी घिमिरे सापकोटासहित स्थानीय कलाकारहरुको विशेष प्रस्तुतिमा अतिथिहरुलाई रमाइलो गराउने तयारी गरेको अन्तर्राष्ट्रिय पर्बत समाजको नेपाल संयोजक मुना भुषालले जानकारी दिइन् ।
कार्यक्रम सफल बनाउन सम्पूर्ण पर्वते एबं सम्पूर्ण नेपाली समुदायलाई आर्थिक, नैतिक, भौतिक सहयोग गरी दिन अनुरोध गर्दै हालसम्म सहयोगको प्रतिबद्दता जनाएका सम्पूर्ण व्यक्तित्वहरुमा संस्थाको तर्फबाट आभार प्रकट गरिएकोछ ।





















प्रतिक्रिया