Logo

प्रमुख समाचार

एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी



काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयकाअनुसार शुक्रबारभित्रै नतिजा प्रकाशित गर्ने गरी तयारीको काम भइरहेको जनाएकाे छ । नतिजा रुजु र इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएको छ । एसईई परिक्षा गत चैत १५ देखि २७ गतेसम्म चलेको थियो ।

एसईईको नतिजा नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ ।

परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १४:०१   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।