Logo

मनोरञ्जन

गायिका समिक्षा अधिकारीको ‘फेसनको पातलो चोली’ सार्वजनिक



काठमाडौं । चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Zeni Entertainment युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तनलाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन् ।

केशब अधिकारीको छायाँकन, बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । उक्त भिडियोको निर्देशन रबिन श्रीले गरेका हुन् ।

‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ ।

प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार  ११ : ५४ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।