Logo

समाचार

मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ



काठमाडाैं । हास्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ परेकी छन् ।

आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा पुगेकी ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको छ, उनलाई साइबर क्राइमसम्बन्धी मुद्दामा हिरासतमा लिएका छौँ’, कार्कीले भने, ‘उनीविरुद्ध भक्तपुर परिसरबाटै अब मुद्दा अघि बढाउँछौँ ।’

प्रहरीका अनुसार ढकाल दलबलसहित आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् ।

गजुरेल र ढकालबीच सम्बन्धबिच्छेद भइसकेको छ।

प्रकाशित मिति : २४ असार २०८१, आईतवार १४:२९   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।