Logo

शिक्षा

नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिन्छ : महासेठ



काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपालाई शैक्षिक केन्द्र बनाउन सकिने दाबी गरेका छन् ।

ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै महासेठले कम्तीमा पनि १० वर्षलाई राजनीति स्थिर हुने हो भने त्यो सम्भव रहेको बताएका हुन् । युवाहरूको विदेशी कलेजमा पढ्ने सपनालाई, विदेशका कलेजहरू नेपालमा नै ल्याएर पुरा गरिदिएको भन्दै उनले कलेजको प्रशंसा गरे ।

नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको अभिन्न अङ्ग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।

दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षालाई देशको समुन्नतिमा योगदान गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

दीक्षान्त समारोहमा क्याम्पसका बी.एस.सी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बि.ए बिजनेस एडमिनिस्ट्रेसन अध्ययन गरेका ५२ विद्यार्थी दीक्षित भएका छन् । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलवार १४:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।