Logo

अन्तर्राष्ट्रिय

अभिनेत्री ज्याक्लिन फेरी विवादमा



काठमाडौं । बलिवुड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरी विवादमा परेकी छन् ।

ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले फेरी बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् ।

ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले बयानका लागि बोलाएको बताइएको छ ।

ज्याक्लिनक पुर्वप्रेमी समेत रहेको बताइने सुरेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक इडीले बयान लिएको छ । यस अघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।

प्रकाशित मिति : असार २६, २०८१ बुधबार  १२ : ३४ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।