चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् ।
प्रतिक्रिया