Logo

प्रमुख समाचार

भोलिका लागि तय भएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित



काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ । त्रिवि कार्यकारी परिषद्‌को बैठकले भोलिका लागि तय गरेको सभा अन्तिम समयमा स्थगित गरिएको हो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

‘सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं विश्वविद्यालय सभाका अध्यक्षज्यूबाट मिति २०८१ असार ३१ गते सम्पन्न गर्न स्वीकृति भएको त्रिवि सभा बैठक देशको राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपर्ने भएकोले उक्त मितिमा आयोजना गरिएको बैठक स्थगन गर्नका लागि सम्माननीय प्रधानमन्त्री तथा त्रिविका कुलपति एवं सभाका अध्यक्षज्यूसमक्ष अनुरोध गरिएको हुँदा उक्त बैठक स्थगित गरिएको’,जारी सूचनामा उल्लेख छ ।

परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए । तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन् ।

राष्ट्रपति कार्यालयले आज केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन् भने उनको शपथ भोलि हुनेछ ।

जसका कारण त्रिवि सभा स्थगित गरिएको हो । देशको राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्री तथा त्रिविका कुलपति एवम् सभाका अध्यक्षले उक्त बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८१, आईतवार १३:५६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।