काठमाडौँ । जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपालको १८ औं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । शनिवार काठमाडौँमा आयोजित संघको तेस्रो महाधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रास्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा रास्ट्रिय खेलकुद विकास नियमावली २०७८को परिच्छेद ६ को २२, साथै नेपाल कराते महासंघको संशोधित विधान २०७८ को परिच्छेद ७ को १५ को व्यवस्था अनुसार अध्यक्षमा प्रशान्त उप्रेती, उपाध्यक्षमा बाबुराजा महर्जन,रामकृष्ण श्रेष्ठ र दीपक राई, महासचिवमा डा. ओमकृष्ण प्रसाईं, सचिवमा सुरेन्द्र केसी कोषाध्यक्षमा सिर्जना वाग्ले लगायत १७ सदस्य निर्वाचित भएका हुन् ।
अधिवेशनमा नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ ,सदस्यद्वय कृष्ण गौतम र गजेन्द्र सावद, वादोगाई करातेका महासचिव तथा प्रमुख प्रशिक्षक नारायण मगर शिसिरियो, करातेका अध्यक्ष डाक्टर ऋषि लामा, करातेका महासचिव तथा प्रमुख प्रशिक्षक बुद्धराज नेगी, राष्ट्रिय वाणिज्य बैंकमा मार्केटिङ विभाग प्रमुख अच्युत गौतम, युवा समाजसेवी सबूजन विक्रम शाह, पूर्व माननीय मन्त्री ध्रुव लामा तथा खेलप्रेमी लगायत अन्य थुप्रै करातेका हस्तीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महाभूकम्प र कोरोना जस्तो महामारीमा समेत जनसेवामा समर्पितभएका सङ्घका सचिव श्री सुरेन्द्र केसी, सिर्जना वाग्ले, शान्ता थेवे, र सबुजन विक्रम शाहलाई मानव सेवाको उपाधिद्वारा सम्मानित गरिएको थियो। त्यस्तै, कार्यक्रममा वार्षिक रुपमा वितरण गर्दै आएको कोच अफ द इयर र उत्कृष्ट खेलाडीको उपाधि प्रशिक्षक तथा खेलाडीहरुलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया