धनगढी । कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयले विविध कार्यक्रमका साथ आदिकवि भानुभक्त आचार्यको २११औं जन्म जयन्ती मनाएको छ। भानुभक्तीय रामायणका श्लोकले गुञ्जायमान पार्दै विभिन्न कार्यक्रमका बीच उनको योगदानको चर्चा गरिएको हो।
कार्यक्रममा साहित्यकारहरूले रचना वाचन गरेका थिए। पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिमा गोदावरी नगरपालिका-४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गिरीराज कडायत रहेका थिए।
कार्यक्रममा भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथि पुस्तकालयका संस्थापक सदस्य विनोद कुमार भट्टराईले प्रकाश पारेका थिए।
यसका साथै कार्यक्रममा एसईई ४ जिपिए ल्याउने अत्तरिया क्षेत्रका तीन विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेमा श्री दुर्गालक्ष्मी नमुना माविकी छात्रा नितिका अवस्थी, तेघरीस्थित सैनिक आवासीय महाविद्यालयका छात्र विकास रावत र सत्यवती ऐकेडेमीका छात्र निर्मल ठगुन्ना रहेका छन्। कार्यक्रममा पुस्तकालयका सदस्य नरेन्द्रराज शर्मा र सचिव राजबहादुर कडायतले पनि आफ्ना धारणा राखेका थिए।





















प्रतिक्रिया