काठमाडौं । गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको नयाँ तीज गीत ‘बिजुली चमक्का’ सार्वजनिक भएको छ ।
कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
‘बिजुली चमक्का’ गीतमा मोडल अञ्जली अधिकारीको फिचरिङ रहेको छ ।
वरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतलाई एच बि एन किस्मतले एरेन्ज गरेका हुन् । उक्त गीतकाे निर्माता मनु पन्तले गरेकी हुन् ।
शिव पौडेलको सम्पादन तथा स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन र कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । भिडियोको निर्माण उमङ फिल्मले गरेको हो ।





















प्रतिक्रिया