Logo

शिक्षा

एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा ४ हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ ।

जसअनुसार एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ । बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो ।

प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ । यस्तै २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार ११:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।