Logo

मनोरञ्जन

चलचित्र बुलाकीको नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक



काठमाडौं । साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । नारी वेदना बोल्ने गीतलाई निर्माण युनिटले प्रमोसन गीतको रूपमा सार्वजनिक गरेको हो ।

गीतमा स्वर गायिका समीक्षा अधिकारीको छ भने शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन् । गीतमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय बिराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टले निर्माण गरेको चलचित्र ‘बुलाकी’ नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त गरेको फिल्म हो ।

लक्ष्मण सुनार निर्देशित स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।

फिल्ममा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईलगायत पनि अभिनयमा छन् ।

फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १२:०५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।