काठमाडाैं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कक्षा १२ काे परिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष गुरुङले आज सार्वजनिक भएकाे कक्षा १२ काे नतिजामा उत्तीर्ण हुने सम्पुर्ण भाइ बहिनीहरुलाई बधाइ एवं शुभकामना दिएका हुन् ।
‘देशभरिबाट हालसालै सम्पन्न कक्षा (१२)को परिक्षामा सामेल भएर उत्तीर्ण हुनुहुने सम्पुर्ण भाइ बहिनीहरुलाइ हार्दिक बधाइ एवं शुभकामना दिन चाहन्छु।’ उनले भनेका छन् ।
उनले विदेशमा उच्च शिक्षा हासिल गर्न दिन प्रतिदिन विद्यार्थीहरुको मोह बढेको बताए ।
उनले उच्च शिक्षा स्वदेशमै हासिल गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकार शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए । ‘विद्यार्थीहरुलाई विदेश पलायन हुन रोकि उच्च शिक्षा स्वदेशमै हासिल गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकार शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदछु’, उनले बताए ।





















प्रतिक्रिया