Logo

कर्पोरेट फोकस

एनसेलको ‘न्यू नर्मल’ अभियान सुरु 



एनसेलले ‘न्यू नर्मल’ अभियान सार्वजनिक गरेको छ । कोरोना महामारीले देश आक्रान्त भइरेहको बेला कम्पनीले न्यू नर्मल अथवा नव सामान्यीकरणका साथ अगाडि बढ्न प्रोत्साहनका यो अभियान थालेको हो । कोरोना प्रतिकार्यमा विभिन्न कार्य गर्दै आएको एनसेलले बुधबार साँझ एक शर्ट फिल्म आफ्नो सामाजिक सञ्जालका पेजबाट सार्वजनिक गर्दै अभियान थालनी गरेको छ।

‘अनपज’ थिम रहेको यो अभियान एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि सधै सँगै’ अनुरुप सञ्चालन गरेको हो । यस छोटो फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउनको अवस्था, असर र अहिलेको विषम परिस्थितिको बेलामा नव–सामान्यीकरणका साथ कसरी अगाडि बढ्न सकिन्छ भनेर देखाइएको छ ।

यसै अभियानको पाटोको रुपमा नै एनसेलले दशैँ अगाडि मुभिङ अहेड वेबीनार सेरिज पनि सञ्चालन गरेको थियो । यी वेबीनारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रित गरी लकडाउनले दिएका सिकाइ तथा अनुभव, नव–सामान्यीकरणतर्फको सङ्क्रमणको समय र कोरोनाको सङ्कटका बेलामा कसरी भविष्यको पुनर्कल्पना गर्दै अगाडि बढ्न सकिन्छ भनेर बहस भएको थियो ।

यो अभियान सँगसँगै एनसेलले पहिले लकडाउनको बेलामा जस्तै उपभोक्ताका लागि आफ्नो सेवा तथा सुविधाका अफरहरु ल्याउने सङ्केत गरेको छ । यसअघि नै एनसेलले ‘अघि बढौँ’ भन्ने थिममा नारीका लागि विषेश सिम योजना ‘गो सिम’ ल्याइसकेको छ । लकडाउनका बेलामा एनसेलले आफ्ना विभिन्न सेवाहरुका शुल्कमा राहत प्रदान गर्दै सजह र निर्बाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको थियो ।

एनसेलका अनुसार कम्पनीले कोभिड प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनसलगायतका विभिन्न राहत अफरहरु समेत गरी कुल नौ अर्ब ६४ करोड भन्दा बढी रुपैयाँ बराबरको योगदान गरेको छ । एनसेलले अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्यसम्बन्धी नियमहरुको पालनाका लागि जनचेतना फैलाउन काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार १६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।