Logo

विविध

म पक्कै सफल बन्ने छु



म हिँड्दै गरेको छु आफ्नै सपनाहरूमा
खोजेर बाटो, रोजेर गति जीवन्त अवेसहरूमा

निभ्नै लागेको दियो फेरि बल्ने कोसिसहरूमा
लागेको छु, हिँडेको छु, कोर्दै छु खाली पानाहरूमा

कोषौं यात्रा दौडिने मन अस्तित्वको लडाइहरूमा
जीवन्त रहनेछन् मेरो पाइलाहरूको आफ्नै परिवेशहरूमा

म ऊर्जा हुँ र सपना पनि मेरै पाइलाहरूमा
छुने छु, उड्ने छु आफ्नै छाँगाछहराहरूमा

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १७:०८   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।