Logo

 सिरहामा ५९ कैदीबन्दीमा कोरोना पुष्टि



सिरहामा ५९ जना कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् ।

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । 

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार