काठमाडाैं । मोडल सनिशा भट्टराईले नयाँ फिल्म साइन गरेकी छन् । अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ मा सनिशा अनुबन्धित भएकी हुन् ।
यो फिल्ममा उनलाई शीर्षमध्येको भूमिकामा लिइएको निर्देशक दिवाकर भट्टराईले बताए ।
गत साता थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको थियो । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्मलाई एक्सनप्रधान बनाउने तयारी छ ।
निर्देशक दिवाकरका अनुसार फिल्ममा राजेश हमाललाई नयाँ लुक्समा ल्याउने तयारी छ । यसको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । ‘नरसिंहा अवतार’ सनिशाको भने दोस्रो फिचर फिल्म हुनेछ । उनले अभिनय गरेको पहिलो फिल्म ‘१२ गाउँ’ दसैंमा रिलिज हुँदैछ ।
सनिशा पहिलो म्युजिक भिडिओ ‘ए होर माया’ बाटै परिचित बन्न पुगेकी थिइन् ।





















प्रतिक्रिया