काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले शिष्टाचार भेटघाट गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लेखक र राजदूत अलान्सारीबिच नेपाल र कताको गहिरिँदै गएको सम्बन्धका बारेमा चर्चा भएको हो ।
भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई आग्रह गरे ।
त्यसैगरी राजदूत अलान्सारील विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । कतारको विकासमा नेपालीहरूको सहयोगको प्रशंसा समेत राजदूतले गरेका थिए ।
प्रतिक्रिया