Logo

अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्धको मुद्दा : सजाय निर्धारण राष्ट्रपतीय निर्वाचनपछि मात्रै



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको मुद्दामा आगामी राष्ट्रपतीय निर्वाचनपछि मात्रै सजाय निर्धारण हुने भएको छ ।

नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवारसमेत रहेका ट्रम्पको मुद्दामा अहिले सजाय तोके निर्वाचन परिणाम प्रभावित हुने भन्दै सजाय निर्धारण निर्वाचन पछिलाई सारिएको हो ।

न्यायाधीश जुआन मर्चेनले न्यूयोर्क आपराधिक मामिलासम्बन्धी मुद्दाको सजाय नोभेम्बर २६ मा सुनाइने घोषणा गरेको सीएनएनले जनाएको छ । ट्रम्प एक पोर्न स्टारसँगको सम्बन्धको मुद्दामा दोषी ठहर भएका छन् । अदालतको पछिल्लो निर्णयलगत्तै एक चुनावी सभामा ट्रम्पले भने आफूविरुद्धको मुद्दामा सजाय स्थगित गरिएको दाबी गरेका छन् ।

उनले आफूले गलत नगरेकाले सजाय स्थगित गरिएको दाबी गरेको सीएनएनले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार  ६ : ३८ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।