काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुलेको छ ।
नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुल्ला गरेको जनाएको हो ।
यसमा अमर/अशक्त प्रहरी परिवारमा १, महिलामा ६, आदिवासी जनजातीमा ९, मधेशीमा ८, दलितमा ४, पिछडिएको क्षेत्रमा १ जनाका लागि कोटा छुट्याइएको छ ।
दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ । उम्मेदवारले अनलाइनबाटै वा दर्ता संकलन केन्द्रमार्फत दिन सकिने व्यवस्था गरिएको छ ।
प्रहरी निरीक्षकमा दरखास्त दिन कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ भने सहायक निरीक्षकका लागि प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
प्रहरी निरीक्षकका लागि २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनुपर्नेछ भने सहायक निरीक्षकका लागि भने १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।
प्रतिक्रिया