Logo

मनोरञ्जन

करणराजको ‘गल्ती मेरो छैन २:०’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । करणराज कार्कीको ‘गल्ती मेरो छैन २ः०’ बोलको गीत सार्वजनिक गरिएको छ । एक दशकदेखि चर्चामा रहेको गीतको यो भर्सन ‘करणराज कार्की’ युट्युब च्यानलमा शनिबार सार्वजनिक गरिएको हो ।

गीतमा करणराजसँगै बुलेट फ्लो, रेश्मा पुन, ससिका राई र सारा अधिकारीको आवाज रहेको छ । गीतको शब्द र संगीत करणराज कार्की स्वयमले गरेका छन् ।

त्यस्तै भव्य सेटमा तयार गरिएको म्युजिक भिडियोमा रिया तामाङ, कृपा श्रेष्ठ, हिटोक लामा, प्रीन्सु तामाङ, निशा पौडेल, सर्मी बिसी, अनिशा क्षेत्री, तनुजा मगरलगायतलाई देख्न सकिन्छ ।

लामो समयदेखि नेपाली सङ्गीतमा रहेका कार्की चर्चित रियालिटी सो नेपाल आइडलदेखि भोइस अफ नेपालको म्युजिक डाइरेक्टरका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १२:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।