काठमाडाैं । गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दसैं गीत सार्वजनिक भएकाे छ । गीतको भिडिओ भने केही दिनमा सार्वजनिक हुँदैछ ।
यसको अडिओ युट्युबलगायतका प्लेटफर्ममा रिलिज भैसकेको छ ।
गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत छ । आशिष अविरलले एरेन्ज गरेका छन् । विष्णुसँगै सुन्दरमणिले समेत स्वर दिएका छन् । गीतको भिडिओ छायांकन पनि भइसकेको छ ।





















प्रतिक्रिया