Logo

प्रमुख समाचार

बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण सृजना गर्न कांग्रेसको माग



काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षावाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षेतीका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गरेको छ ।

सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी र शिक्षकको समस्या केन्द्रित हुनुपर्ने विभागको भनाई छ ।

कांग्रेस शिक्षा विभागको सचिवालय बानेश्वरमा बसेको बैठकले वर्षाका कारण भएका भौतिक तथा मानवीय क्षेतीका प्रति संवेदनशील बनेर आवश्यक कार्य थाल्नपनि सरकारसंग अनुरोध गरेको छ ।

शिक्षा विभागको तर्फबाट केही शैक्षिक सामाग्रीहरु प्रदान गरी शिक्षण सिकाई क्रियाकलापलाई सहजीकरण गर्न सहयोग गर्ने निर्णय समेत विभागले गरेको छ । साथै, शिक्षा नीति निर्माण गर्न देशभरका ६,७४३ वडा, ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रवाट सुझाव समेट्ने निर्णय गरेको छ । साथै यस अघिको निवर्तमान विभागले तयार गरेको डकुमेन्टलाई समेत आधार बनाएर थप विमर्श चलाउने पनि कांग्रेसको निर्णयमा छ।

आज बसेको बैठकले संसदमा थन्किएर बसेको विद्यालय शिक्षा विधयकमाथि सरोकारवालाहरुसंगको थप छलफल गरेर विधयक पास गर्नुपर्ने र शिक्षा भित्रका विद्यमान रहेका समस्या समाधान गर्न संसद र राजनीतिक दलहरुसंग माग गरेको छ ।

साथै, संविधानले सुनिश्चित गरेको निशुल्क स्वास्थ्य र शिक्षाको प्रावधान अक्षरश: लागु हुनुपर्ने र जीवन उपयोगी (व्यवहारिक) शिक्षालाई सीपसंग, सीपलाई उत्पादन र उत्पादनलाई बजारसंग जोड्ने विषय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक नैनसिंह महरले बनाएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षावाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षेतीका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गरेको छ । प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी र शिक्षकको समस्या केन्द्रीत हुनुपर्ने विभागको भनाई छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १३:२३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।