Logo

मनोरञ्जन

दयाहाङ र मिरुनाको सुपरहिट फिल्म ‘जारी’ युट्युबमा रिलिज



काठमाडौं । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सुपर हिट फिल्म ‘जारी’ युट्युबमा रिलिज गरिएको छ ।

गत वर्षको ब्लकबस्टर फिल्म जारी बाँसुरी फिल्म्सको युट्युब च्यानलमा दशैको अवसर पारेर सोमबार रिलिज गरिएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ ।

फिल्ममा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार २१:००   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।