Logo

प्रमुख समाचार

एमालेको विशेष सचिवालय बैठक जारी



काठमाडौँ । नेकपा एमालेको विशेष सचिवालय बैठक जारी छ ।

पार्टी कार्यालय च्यासलमा सुरू भएको बैठकमा नेपालीहरूको महान चाड दशैं, तिहार र छठको शुभकामना आदानप्रदानका साथै बाढीपहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल भइरहेको एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि पार्टी कार्यालय डुबान भएकाले बसेरा होटेलमा सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार १४:४८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।