Logo

अनलाइनपाना खोज

‘ह्रस्व दीर्घ’ टिजरको चौतर्फी चर्चा, सामाजिक सञ्जालमा रियाक्सनको बाढि !



काठमाडौं । बर्ष २०८१ को सर्वाधिक प्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज हुन ठ्याक्कै एक महिना बाँकी छ, अर्थात यो फिल्म आगामी कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

रिलिज मिति नजिकिँदै गर्दा दशैंको अबसरमा फुलपातीको दिन यो फिल्मको निर्माण ब्यानर नीता फिल्मले टिजर सार्वजनिक गर्दै प्रचारलाई गति दियो । गत महिना फिल्ममा समावेश गीत सार्वजनिक गरिएको यो फिल्मको कथावस्तु थाहा पाउन दर्शक ता शुभचिन्तकहरू टिजर ट्रेलरको प्रतिक्षामा थिए । टिजरले केहि हदसम्म फिल्मले उठान गरेको विषयवस्तुलाई बुझाउने प्रयास गरेको छ, पूर्ण ट्रेलर भने आउन बाँकी छ ।

फिल्ममा समावेश भारतीय र नेपाली फिल्मका स्टारकास्ट, विश्वकै ठुलो फिल्म स्टुडियो ‘रामोजी फिल्म सिटी’को छायांकन लगायतले निर्माण घोषणादेखि ट्रेण्डिङमा रहेको यो फिल्मको टिजर सार्वजनिकसँगै चर्चा चौतर्फी चुलिएको छ । टिजरलाई युट्यूवमा हालसम्म झण्डै ७ लाख पटक हेरिएको छ । जहाँ २५ हजार बढि लाइक र २३ सय बढि प्रतिक्रिया व्यक्त छन् । झण्डै सत् प्रतिशत सकारात्मक प्रतिक्रिया पाएको टिजर हेरेपछि दर्शकले फिल्मलाई हेर्नैपर्ने फिल्मको ‘बकेटलिस्टमा राखेका छन् ।

टिजरमा समावेश कलाकारको अभिनय, दृश्य, डायलग, ब्याकग्राउण्ड म्युजिक र सिनेमाटोग्राफीलाई सयौं दर्शकले ‘रियाक्ट’ गरेका छन् । नेपालदेखि भारतहुँदै पाकिस्तान र बंगलादेशसम्मका दर्शकले फिल्मको टिजरमा रियाक्सन भिडियो बनाउँदा उत्कृष्ट शब्द पस्केका छन् । यतिबेला फेसबुक र युट्यूवमा ‘ह्रस्व दीर्घ टिजर’ सर्च गर्दा सयौं भिडियो पाउन सकिन्छ । टिजरप्रति दर्शकले देखाएको चासो र व्यक्त गरेका प्रतिक्रियाले फिल्म थप ‘अवेटेड’ बनाउने संकेत गरेको छ । निर्देशक चन्द्र पन्त, निर्माता अभिनेत्री नीता ढुङ्गाना र अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै आभार व्यक्त गरेका छन् । फिल्म उत्कृष्ट बनेको र दर्शकको भावना विपरित नरहेको भन्दै कार्तिक ३० पर्खिन निर्देशक पन्तको सुझाव छ ।

दशैंको अबसरमा प्रदर्शनमा आएका फिल्मलाई हलमा हेर्ने दर्शकले यो फिल्मको टिजरलाई पनि एकसाथ हेर्न पाएका छन् । हलमा फिल्म हेर्ने दर्शकबाट पनि उत्कृष्ट रेस्पोन्स आएको छ, निर्माता रहेकी अभिनेत्री ढुङ्गाना भन्छिन्, ‘नेपाल र भारतीय फिल्मका दिग्गज कलाकार र प्राविधिकसहितको टिमबाट तयार ‘ह्रस्व दीर्घ’ले सबै वर्ग, समुदाय र भाषाका दर्शकको मन जित्नेमा आशावादी छु ।’ नेपालीसँगै भारतका विभिन्न भाषामा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारलाई यसै साताबाट थप आक्रामक बनाउने तयारीमा निर्माण टिम छ ।

यो फिल्ममा निर्माता रहेकी अभिनेत्री नीता र हरिहरसँगै चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झा लगायत नाम चलेका दर्जनबढि कलाकारहरू अभिनयमा छन् । अभिनेत्री रेखा थापाको सरप्राइज प्याकेज पनि यो फिल्ममा समावेश छ ।

यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहरको कथामा तयार फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार ०९:०८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।