Logo

अर्थ

तिहार नजिकिएसँगै बजारमा बढ्न थाल्यो चहलपहल (फोटो फिचर)



काठमाडौं । नेपालीहरुको महान चाड दीपावली नजिकियसँगै काठमाडौंमा तिहारको सामान खरिद गर्नेहरुको भिडभाड बढेको छ। तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारीक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भिड देखिन्छ ।

काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको भिडभाड बढेकाे छ। तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न सुरु भएकाे।

विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्यूरोडलगायतका ठाउँमा जाने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो। लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ। त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ।

तस्बिरहरू :

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १७:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।