Logo

अनलाइनपाना खोज

विश्वकै खतरनाक लुक्ला विमानस्थल (तस्बिरहरु)



काठमाडाैं। नेपालको लुक्ला विमानस्थल विश्वकै खतरनाक विमानस्थल रहेकाे छ । सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी विमानस्थल विश्वकै खतरनाक विमानस्थल भनेर चिनिन्छ ।

आर्टेमिस एयरस्पेसले विश्वका हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थल लुक्लालाई पनि समावेश गरेको हाे ।

वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावन मार्ग (एक हजार ७२९ फिट), छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा राखिएकाे छ ।

नेपालको प्रदेश १ को उत्तरी भागमा अवस्थित दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको तेन्जिङ–हिलारी विमानस्थल लुक्ला विश्वका सुन्दर विमानस्थलमध्येमा पर्छ । यो विमानस्थल समुद्री सतहभन्दा दुई हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १२:४८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।