काठमाडौं । युवा साहित्यकार एन.बी.अन्जानको ‘एकल अन्जान साँझ’गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज दर्जनौ साहित्यकार, दर्शक, श्रोता तथा मिडियाकर्मीहरुको बिचमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पत्रकारीता तथा लेखनक्षेत्रका प्रबुद्ध व्यक्तित्व तारा बरालको बिशेष उपस्थिति रहेको थियो ।
कवि प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रम सन्चालन तथा सहजीकरण चर्चित गजलकार बाबु त्रिपाठीले गरेका थिए भने गायनमा राज सागरले अन्जानलाई साथ दिएका थिए ।
लामो समयदेखि लेखन तथा साहित्य क्षेत्र अन्तर्गत बिबिध बिधामा कार्य गरिसक्नु भएका अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलबाट वान्स् मोरको बर्षा भएको थियो ।
चुपचाप साधनामा रहेर हल्लाभन्दा बाहिर बसेर गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन गर्नुहुन्छ, गजल लेख्नुहुन्छ यो उहाँको विशेषता हो ।
रातारात चर्चाको शिखर खोज्नेहरूका लागि एन.बी. एउटा उदाहरण हुन् । अन्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजल संग्रह, ‘आहुति’ गजल संग्रह, ‘मौसम’ गजल सङ्ग्रह, ‘आधा इन्च’ हाइकु एसिया कै सानो कृति, ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाब्य जस्ता चर्चित पुस्तकहरु लेखेकाछन् । यसै अवसरमा अन्जानलाई गोधुलि साहित्य सम्मानले सम्मानित गरिएको थियो ।
प्रतिक्रिया