बगनासकाली गाउँपालिका-६ खानिगाउँ बस्ने कान्तिसरा कनौचाको २ तले कच्ची घर बुधबार राति अचानक भत्किँदा उनको छोरा २२ वर्षीय सुमन कनौचेको पुरिएर मृत्यु भएको छ ।
सुतिरहेको अवस्थामा घर भत्किँदा पुरिएका सुमनलाई अस्थाई प्रहरी पोष्ट भुषालडाँडाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पहिलेदेखि चर्किएको घर अचानक भत्किएको बुझिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।
प्रतिक्रिया