Logo

प्रदेश २

सशस्त्र प्रहरीले नियन्त्रणमा लियो, नदी उत्खननमा प्रयोग भएका सवारी साधनहरु



महोत्तरीको जलेश्वरस्थित रातु खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गर्न प्रयोग भएका डोजर र ट्याक्टरलाई महोत्तरी जिल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाका अनुसार जलेश्वर नगरपालिका–७ स्थित रातु खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खननमा प्रयोग भएका २ वटा डोजर र ढुवानी गर्ने ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।

अवैध रुपमा गरिने नदीजन्य पदार्थको उत्खनन्ले बाढी तथा डुबानको जोखिम बढ्न जाने भएका कारण यसको रोकथामका लागि डोजर तथा ट्याक्टर नियन्त्रणमा लिइएको उनले बताए साथै अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय जलेश्वरमा पठाइएको उनले बताए ।

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार