काठमाडाैं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपबाट आफ्नो आईईएलटीएस परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१/ए२, बी१को निम्ति भुक्तानी आईएमई पे एपमार्फत गर्न सक्ने कम्पनीले जनाएको छ ।
सीमित अवधिको लागि आईएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु. १००० क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ ।
आईएमई पेका सीईओ प्रवीण रेग्मीले प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित र यसले थप सहजता ल्याउने बताए ।
प्रतिक्रिया