Logo

अर्थ

एनसेल फाउन्डेसनद्वारा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरणको घोषणा



काठमाडाैं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्ने घोषणा गरेको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौकाबापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्नेछ ।

यस पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ र शिक्षालाई प्रवद्र्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने बताइएको छ । विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ ।

‘क्रिकेट एक यस्तो खेल हो, जसले एकताबद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामी क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ । शिक्षा दिगो विकासको मुख्य आधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षम बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन र सिएसआर हेड बिशाखा लक्ष्मी खड्काले भनिन् ।

प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार  १२ : १२ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।