Logo

प्रमुख समाचार

विकल र सफललाई ८/८ वर्ष कैद, साढे तीन करोड जरिवाना



काठमाडाैं । अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार ठहरसँगै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद सजाय हुने विशेष अदालतले फैसला गरेको छ । १४ कात्तिकमै कसुर कायमको फैसला भए पनि बिहीबार मात्र उनीहरूको सजाय निर्धारण भएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर अनि सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनीहरुलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो ।

एक महिनाअघि यही इजलासले ११ प्रतिवादीमध्ये ९ जनालाई सफाइ दिँदै विकल र सफलमाथि मात्र कसुर कायमको फैसला गरेको थियो । अन्तःशुल्क स्टिकर छपाइका क्रममा भ्रष्टाचार ठहरपछि उनीहरूलाई सजाय सुनाइएको हो ।

३८ करोड ६७ लाख रुपैयाँभन्दा बढी अनियमतिता भएको दाबी भए पनि केवल दुईजना संलग्न रहेको ठहरसहित अन्य ९ जनालाई सफाइ दिइएको थियो  । अख्तियारले विकलसहित १२ जना विरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । यही मुद्दामा प्रतिवादी बनाइएका निवर्तमान मुख्यसचिव डा. बैकुण्ड अर्याल लगायतले भने सफाइ पाएका छन् ।

प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार  १२ : २१ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।