Logo

समाचार

४ प्राविधिक एसपी एसएसपी बढुवामा सिफारिस



काठमाडौं । नेपाल प्रहरीका ४ प्राविधिक उपरीक्षक (एसपी)हरू वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

स्वास्थ्य उपसमूहको चिकित्सकतर्फका चार जनालाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको हो ।

चिकित्सकतर्फ बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालको रेडियोलोजी शाखामा कार्यरत डा. केदार खड्गी, मेडिसिन शाखामा कार्यरत डा. छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा. पवनकुमार राय र प्रहरी अस्पताल महाराजगञ्जको डेन्टल शाखामा कार्यरत डा. सुवर्ण कुँवर छन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार १२:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।