Logo

प्रमुख समाचार

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।

मेडिकल व्यवसायी प्रसाईं साइबर अपराधको कसूरमा मंसिर ५ गते पक्राउ परेका हुन् । यसअघि आइतबार उनलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार  ३ : ४८ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।