Logo

प्रमुख समाचार

बयानका लागि रवि लामिछानेलाई सरकारी वकिल कार्यालय लगियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे शुक्रवारदेखि उनको बयान भइरहेको छ । उनलाई भद्रकालीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लागेका लामिछाने र पूर्व डीआईजी छविलाल जोशी र कुमार रम्तेल सहित ५ जना थुनामा छन् ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ११ : १६ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।