काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त गरेको छ । उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाडौँ बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरेको हो ।
त्रिविले पर्याप्त मेरिटाेक्रेसीका आधार, मार्ककाे आधारमा, डकुमेन्ट र नियम कानुनको अधीनमा रहेर परीक्षा नियन्त्रक सिफारिस समितिको सिफारिसमा परेकाहरू मध्ये नियुक्त गरिएको त्रिविका प्रवक्ता यमनसिंह बोहराले बताए ।
नेपालगन्ज क्षेत्रीय कार्यालयका लागि डाक्टर लक्ष्मण पोखरेल, पोखराका लागि डाक्टर रामनाथ न्यौपाने, मधेस प्रदेशका लागि रामहित यादव, काठमाडौँका लागि डाक्टर सूर्यनाथ कुलाैनी र डाक्टर दावा शेर्पा, विराटनगरका लागि डाक्टर दिल्लीराम प्रसाईँलाई नियुक्त गरिएको हो ।





















प्रतिक्रिया