काठमाडौं । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भए नि’ सार्वजनिक भएको छ ।
यस म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ । यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत र अभिनयमार्फत प्रस्तुत गरेको छ ।
गीतमा हर्क साउँदको शब्द, सुजन चापागाईँ र विद्या तिवारीको स्वर तथा सुजन चापागाईँकै सङ्गीत रहेको छ । सङ्गीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन् ।
विश्वास लामाले न्यारेशन लेखेका छन् । यसका कलाकार समेत रहेका चर्चित कथा वाचक साइग्रेस पोखरेलले सुनाएको न्यारेशनले गीतलाई थप प्रभावशाली बनाएको छ ।
अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निभाएका छन् । अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् ।
भिडियो सम्पादन र कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका हुन् भने छायाङ्कन चिन्तन राजभण्डारीको निर्देशनमा भएको हो । यस परियोजनाको सम्पूर्ण सुपरिवेक्षण नवीन चौहानले गरेका हुन् ।





















प्रतिक्रिया